०२ असार २०८३, मंगलबार

रुसी अधिकारी भन्छन्– तेस्रो विश्वयुद्ध शुरू भइसक्यो तर साइबरस्पेसमा

पुस २, २०७८
रुसी अधिकारी भन्छन्– तेस्रो विश्वयुद्ध शुरू भइसक्यो तर साइबरस्पेसमा

रुसका एक शीर्ष रक्षा अधिकारीले साइबरस्पेसमा नयाँ विश्वव्यापी द्वन्द्व शुरू भइसकेको बताएका छन् । 

यस डिजिटल युद्धका उत्पन्न जोखिम घटाउनका लागि रुसले अमेरिकासँग सहकार्य गर्ने अपेक्षा गरेको पनि उनले बताए । 

रुसको परराष्ट्र मन्त्रालयमा सूचना सुरक्षामा अन्तर्राष्ट्रिय सहकार्य हेर्ने अधिकारी आन्द्रे क्रुतस्किखले बिहीवार एक प्राज्ञिक सम्मेलनमा यो कुरा बताएका हुन् । अहिलेको युगमा साइबर आक्रमणहरूले तीव्रता पाएको र त्यसले गर्दा विश्व नै द्वन्द्वको स्थितिमा रहेको तर मानिसहरूले त्यो थाहा नपाएको उनले बताए । 

‘कडा युद्ध भइरहेको छ,’ मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्समा सम्बोधन गर्दै उनले चेतावनी दिए । ‘यो गोप्य किसिमको छ तर साइबरस्पेसमा काटाकाट चलिरहेको छ । यसलाई सञ्चारमाध्यमले तेस्रो विश्वयुद्धको नाम दिएको सही हो । यसले गरेको क्षति, कसले यो युद्ध हार्छ र युद्धपछि विश्वको हालत कस्तो हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’

डिजिटल युद्धका विषयमा अन्तर्राष्ट्रिय सहमति बनाउन संयुक्त राष्ट्रसंघको संरचनालाई उपयोग गर्नुपर्नेमा रुसको जोड रहेको क्रुतस्किखले बताए । तर यस विषयलाई प्राथमिकता दिने मस्कोको प्रयासमा अमेरिका तथा अन्य मुलुकहरूले अवरोध गरेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्