×

NMB BANK
NIC ASIA

सहमति भएको साढे ८ महिनापछि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जरको गाँठो फुक्यो

पुस ५, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ ।

Muktinath Bank

आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चालक समितिको बैठकमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि सर्वसम्मतिले निर्णय दिएको हो । 


Advertisment
Nabil box
Kumari

गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो ।

Vianet communication

मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी सहमति भएको झण्डै ९ महिनापछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । 

मर्ज गर्नका लागि दुई बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको थियो, तर हिमालयनको तर्फबाट मर्जर प्रक्रिया रोकिएको थियो । 

मर्जर प्रक्रिया रोकिएपछि राष्ट्र बैंकले दुई पटकसम्म समयसीमा थप गरेको थियो । 

मर्जर प्रक्रिया अवरुद्ध भएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश नै रोकिदिएको थियो । 

मर्जरमा जाने औपचारिक निर्णय गरेसँगै अब बैंकले आगामी शुक्रवारसम्म २१ दिनको समय राखेर साधारण सभाका लागि सार्वजनिक सूचना निकाल्ने छ ।

साधारण सभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने हुनेछ । 

यता इन्भेस्टमेन्ट बैंकले साधारण सभा सकिसकेको छ । उसले साधारण सभामा मर्जरको एजेण्डा राखेको थिएन । अब उसले विशेष साधारण सभा डाक्नुपर्ने हुन्छ । 

साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेपछि दुवै बैंक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जानेछन् । 

मर्जरपछि बैंकको अध्यक्ष इन्भेस्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुनेछन् । 

मर्जरपछिको बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा ठूलो हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x