३० जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम भोलिसम्म आइसक्ने

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम भोलिसम्म आइसक्ने

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते सोमवार भएको निर्वाचनको अन्तिम परिणाम भोलि बुधवारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
 
पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । 

हाल बागमती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले मंगलवारै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि शुरू गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधवारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए ।

विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न १ हप्ताभन्दा लामो समय लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्