२२ असार २०८३, सोमबार

भारतले दोस्रोपटक गरेको प्रलय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण पनि सफल (भिडियो)

पुस ८, २०७८
भारतले दोस्रोपटक गरेको प्रलय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण पनि सफल (भिडियो)

भारतले २४ घन्टामा दोस्रोपटक बिहीवार जमीनबाट जमीनमा मार हान्ने प्रलय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । 

यस क्षेप्यास्त्रले १५० देखि ५०० किलोमिटरसम्मको लक्ष्यलाई भेदन गर्न सक्छ । सरकारी अधिकारीहरूका अनुसार, यो परीक्षण विभिन्न रेन्ज र सबै प्यारामिटरमा मिसाइल राख्नका लागि गरिएको हो । 

आकाशमै बाटो बदल्न सक्ने विशेषता पनि क्षेप्यास्त्रमा छ । 

बुधवार पनि यो क्षेप्यास्त्र परीक्षण गरिएको थियो । 

यसलाई भारतकै डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले बनाएको हो । यसले ५०० देखि एक हजार किलोको वारहेड लैजान सक्छ । 

प्रलय क्षेप्यास्त्र ठोस रकेट मोटर र अन्य नयाँ प्रविधियुक्त छ । क्षेप्यास्त्रको निर्देशक प्रणालीमा अत्याधुनिक विद्युतीय उपकरण जडान गरिएको छ । 

स्वदेशी प्रलय मिसाइलले पहिलो परीक्षणका क्रममा क्वाजी ब्यालिस्टिक ट्राजेक्टोरीमा सबै मिसन एल्दोरिदमलाई फलो गरेको थियो । मिसाइलले टार्गेटमा आक्रमण गर्दा सबै सेन्सर र ट्य्राकरले परीक्षणलाई क्याप्चर गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्