१४ असार २०८३, आइतबार

८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्यांकहरू बाहिर आएका छन् : सांसद भट्टराई

८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्यांकहरू बाहिर आएका छन् : सांसद भट्टराई

मदिरा सेवन संस्कृतिको रूपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रवार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राखेका हुन् ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आधुनिकताको पक्षको रूपबाट मदिरा संस्कृति बढ्दै गएको र यसले समाजलाई नकारात्मकतातर्फ डोर्‍याएका बताइन् ।

देशमा ८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्यांकहरू बाहिर आएका जनाउँदै उनले मदिराले मानिसलाई आफूलाई शक्तिशाली हुँ भन्ने मनोवैज्ञानिक भ्रम सिर्जना गर्ने र हिंसाका लागि प्रेरित गर्न गरेको बताइन् । उनले डाक्टरले भनेका कुरालाई बेवास्ता गर्दै सामाजिक प्रतिष्ठा र विलासिताको पक्षबाट मदिरालाई अगाडि ल्याउने संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताइन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मदिर बिक्री वितरणका लागि बनेका ऐनको कार्यान्वयनमा लागि प्रशासन पूण प्रतिबद्ध रहेको यसको लागि नागरिक तहबाट सचेतनको जरुरी रहेको बताए । पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक डा. डेभिड श्रेष्ठले मदिराले स्वास्थ्यमा पार्ने असरबारे प्रस्तुतीकरण राख्दै स्वास्थ्यका लागि मदिरा सेवन कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्