२९ जेठ २०८३, शुक्रबार

आरजु राणाले भाजपा विदेश विभाग प्रमुखलाई भेटेपछि भीम रावलको टिप्पणी

आरजु राणाले भाजपा विदेश विभाग प्रमुखलाई भेटेपछि भीम रावलको टिप्पणी

एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुर राणा देउवाले भाजपा विदेश विभागका प्रमुखलाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो,
के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ?’, उनले ट्वीटरमा टिप्पणी गरेका छन् ।
भारतको निजी भ्रमणमा रहेकी राणाले आइतबार बिजेपी बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्