११ असार २०८३, बिहीबार

किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो ।

मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए ।

अपाङ्गता भएका व्यक्तिका परिवारलाई ७ दिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलवार मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोग समेत गर्ने धारणा राखे ।

उनले ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गता परिवारलाई घार सहितको मौरी वितरण गरिएको बताए ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४  देखि २० गतेसम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए ।

चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान  छनोट गरिएको भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्