११ साउन २०८३, सोमबार

सनराइज बैंकले सञ्चालनमा ल्यायो 'सनराइज रेमिट मुद्दती खाता'

सनराइज बैंकले सञ्चालनमा ल्यायो 'सनराइज रेमिट मुद्दती खाता'

सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ ।

विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्