२० असार २०८३, शनिबार

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो ।

कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो ।

सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ ।

‘एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने र सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिएको छ,’ प्रहरी प्रवक्ता बसन्त कुँवरले भने ।

salt training

कमेन्ट गर्नुहोस्