
विभिन्न मोबाइल नम्बरबाट फोन र म्यासेज गरी २० लाख रुपैयाँ नदिएमा ज्यान लिने धम्की दिने व्यक्तिलाई अपराध महाशाखाले पक्राउ गरेको छ ।
बाराको निजगढ नगरपालिका–११ घर भई हाल जिल्ला काठमाडौंको चन्द्रागिरी–९ मच्छेगाउँ बस्ने २६ वर्षीय संजिव भनिने पदम काफ्लेलाई महाशाखाको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ गरेर आवश्यक अनुसन्धानपछि आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जनाइएको छ ।