०४ असार २०८३, बिहीबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले शुक्रवार ठूलो परिमाणमा लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट ४०८ क्याप्सुल एपीएम प्रोक्सिभन, ४ बोतल डाइलेक्स डिसी र ४ ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका आरोपित लागूऔषधसहित भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेला पक्राउ परेका हुन् । बनैनिया बरदाही जाने भित्रि सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले जाँच गर्दा साइकल चालक यादवले बोकेको कालो रंगको झोलाभित्र अवैध लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले साइकल पछाडि सवार महतो समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ दुवै जनालाई लागूऔषध शीर्षकमा उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्