
नेकपा एमाले रुपन्देहीको अध्यक्ष पदमा तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरेको उम्मेदवारी परेको छ ।
सर्वसम्मत नेतृत्व चयन प्रयास सफल नभएपछि अन्ततः निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए भने घिमिरे हालका उपाध्यक्ष हुन् ।
सचिव पदमा यज्ञ गैरे र खेमप्रसाद लुइटेलको उम्मेदवारी परेको छ । शुक्रवारदेखि अधिवेशन शुरू भएको हो । घिमिरे र लुइँटेल घनश्याम भुसाल निकट मानिन्छन् ।
उपाध्यक्षमा जागेश्वरी चौधरी र सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ ।
अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।
आइतवार बिहान ८ बजेदेखि मतदानको प्रक्रिया शुरू गर्ने गरी तयारी भएको अध्यक्षमण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए ।