२५ असार २०८३, बिहीबार

तातोपानीमा भित्रन थाले मालवाहक कन्टेनर

पुस २६, २०७८
तातोपानीमा भित्रन थाले मालवाहक कन्टेनर

साता दिनअघि हिमपातका कारण  तिब्बतको  खासा  र  न्यालम  क्षेत्रमा  रोकिएका मालवाहक  कन्टेनर  (चिनियाँ  ट्रेलर)  तातोपानी  नाका भित्रिन थालेका छन् ।

 खासा,   सिगात्सेमा   १८३   ट्रेलर   रोकिएकामध्ये दैनिक  १०  वटा  तातोपानी  आइरहेको  बताइएको  छ ।

​तातोपानी  सुक्खा  बन्दरगाह  भन्सार  कार्यालयका  प्रमुख भन्सार  अधिकृत  नारद  गौतमले  खासा  क्षेत्रमा  थुप्रिएको हिउँ  पन्छाएर  मालवाहक  कन्टेनर  पठाउन  थालेको बताए ।

खासा  क्षेत्रका  सडकमा  चार  फिटभन्दा  बढी  हिउँ जमेका  कारण  नेपाली  व्यापारीको  सामान  लिएर  आएका कन्टेनर/ट्रेलर  न्यालम  र  खासामा  रोकिएका  थिए ।

हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन  रोक  लगाएको  थियो ।  कन्टेनरहरूमा  आएका स्याउ  र  खाद्यवस्तु  कुहिएको  उक्त  नाकामा  व्यापार  गर्दै आएका  बलेफी  गाउँपालिका–८  का  व्यापारी  रमेशकुमार श्रेष्ठले  बताए ।  

चीनको  न्यालम,  बिम्बु  क्षेत्रका सडकमा  अहिले  पनि  हिउँ  परिरहेको  र  त्यहाँ  रोकिएका कन्टेनर  ल्याउन  अझै  सकिएको  छैन ।  हिउँ  पन्छाएर भए  पनि  सो  कन्टेनर  तातोपानी  नाका  ल्याउन  चिनियाँ सरकारसँग नेपाली व्यापारीले आग्रह गरेका छन् ।   गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्