
चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चार जनालाई पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको सदरमुकामस्थित घरबाट पुस १२ गते १३ तोला सुन र एक लाख नगद चोरी भएको थियो । प्रहरीले चोरीको आरोपमा सुनकोशी गाउँपालिका वडा न ६ की २० वर्षीया कञ्चन पराजुली, इन्द्रवती गाउँपालिका वडा न १० का २४ वर्षिय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका वडा न ९ का २६ वर्षिय विकी भनिने अनिल तामाङ र सोही गाउँपालिका वडा न ४ का २६ वर्षिय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।