साउन २५, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ । ...
नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग नराख्न तथा हुने काम हुने भन्न, नहुने काम अहिले हुँदैन भन्ने निर्देशन दिए पनि कर्मचारीले भने अटेर गरेर घुस लिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्राधिकरण काठमाडौँ ग्रीड महाशाखा सवस्टेशन पाटन ललितपुरमा कार्यरत सवस्टेशन प्रमुखलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । सवस्टेशन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी पहाडीको थप अनुसन्धान भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ । ...
सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पूरा समय सेवा प्रवाह गर्न प्रारम्भ गरेको छ । आज २ः३० बजेदेखि ५ बजेसम्म मुद्दामा तोकिएको प...
सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ ग...
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगबारे विमर्शको थालनी गरेको छ । विभागद्वारा शुक्रवार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना कर्मचारीविरुद्ध १० करोड ३३ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको...
त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा १८ पटक प्रश्नपत्र मात्र सार्नेलाई उत्तीर्ण गराउने परीक्षक तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको छ । प्रमाणहरू अनदेखा गर...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...