
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण देखिएको छ । पोखरेलले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, अबको केही दिन आइसोलेसनमा बस्नु पर्ने भयो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुलाई पनि कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन् ।