कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करीब १४ टन सहायता सामग्री लिएर आइतवार बिहान काबुल प्रस्थान गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताए ।
उनले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउन सक्ने सन्देश दिएको बताए ।
'हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उच्च तुल्याउन सहयोग पुग्नेछ,' उनले भने ।
सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिए । उनले सहायता सामग्री अफगानिस्तानसम्म पु¥याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताए ।
दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पु¥याउन लागिएको मन्त्री खड्काले जानकारी दिए ।
सहायता सामग्री संयुक्त राष्ट्रसंघ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आइतवारै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...