
पछिल्लो पटक पर्सामा देखिएको कोरोना संक्रमणको तेस्रो लहरअन्तर्गत १ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा संक्रमित पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना संक्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो । संक्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए ।
संक्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि संक्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो । मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।