२४ जेठ २०८३, आइतबार

रामायणमा को बन्लान् 'राम', महेश बाबु कि रणबीर ?

माघ ९, २०७८
रामायणमा को बन्लान् 'राम', महेश बाबु कि रणबीर ?

बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ । 

यस चलचित्रमाा भगवान रामको भूमिका कसले निभाउला ? भन्ने विषयलाई लिएर अहिले यसबारे सवत्र चासो भएको हो । 

निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ । 

चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश बाबूमध्ये एक रामको भूमिकामा देखिने बताइएको छ ।

यी दुवै अभिनेताबीच अहिले पनि निर्माता पक्षले छलफल जारी राखेको छ । 

यस चलचित्रमा दुई चलचित्र निर्देशकले मिलेर चलचित्रको निर्देशन गर्नेछन् । जसमा नीतेश तिवारी र रवि उदयावर रहेको बताइएको छ । 

सुत्रका अनुसार, चलचित्र उत्तर र दक्षिण भारत दुवैतर्फको ध्यान खिच्ने छ । 

रामायणमा ऋतिक रोशन रावण बन्ने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्