२६ जेठ २०८३, मंगलबार

बाटो अल्मलिएकी महिलाको अपहरण शैलीमा होटलमा लगेर सामूहिक बलात्कार

बाटो अल्मलिएकी महिलाको अपहरण शैलीमा होटलमा लगेर सामूहिक बलात्कार

मोरङको सुन्दरहरैंचा नगरपालिका–४, बलियामा ३० वर्षीया महिलालाई अपहरण शैलीमा होटल लगेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले श्रेष्ठ होटल एण्ड फेमिली लजका सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी मोरङका प्रवक्ता डएसपी मञ्जिल मुकारुङले फरार रहेका २७ वर्षीय मनोज श्रेष्ठ र झापाका रामबहादुर नेपालीको खोजी भइरहेको बताएका छन् । 

प्रहरीका अनुसार बलात्कृत हुने महिला इटहरीमा काम गरेर शुक्रवार साँझ सुन्दरहरैंचाको गछियास्थित बहिनीको घर जाने क्रममा बाटो झुक्किएकी थिइन् । बाटो बिराएपछि रामबहादुरले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २–०१–००१च २२७ नम्बरको गाडीमा चढाएर होटलमा लगेको खुलेको प्रहरीको प्रारम्भिक बयानबाट खुलेको छ । प्रहरीका अनुसार होटलमा महिलालाई कुटपिट गर्दै बेहोस पारेर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

शनिवार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । उनकी बहिनी होटल पुग्दा कोठामा रगत देखेपछि बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका होटल सञ्चालक श्रेष्ठलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ । 

पीडित महिलाको शरीरभरि निलडाम देखिनुका साथै यौनांगमा गम्भीर चोट रहेकाले रक्तस्राब भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पीडितको उजुरीका आधारमा घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्