रुपन्देही, १६ असार– प्रदेश नम्बर पाँचमा चुनावी परिणामप्रति सबैको ध्यान केन्द्रित छ । महिला उम्मेदवारलाई ठूला दलले प्राथमिकतामा राखेको पाइँदैन । तर नेकपा एमालेले प्रदेश नम्बर पाँचका चारवटै उपमहानगरपालिकाको उपमेयर पदमा महिलालाई उम्मेदवारी दिएको छ ।

पाँच नम्बर प्रदेशको प्रारम्भिक चुनावी परिणाम हेर्दा एमालेका उपमेयर पदमा उम्मेदवारी दिएका प्रतिनिधिको मत परिणाम अन्य दलभन्दा अगाडि रहेको देखिन्छ ।
पाँच नम्बर प्रदेश अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र बुटवल उपमहानगरपालिका रहेका छन् ।
एमालेका तर्फबाट नेपालगन्जमा शान्ता ढकाल, तुलसीपुरमा माया आचार्य, घोराहीमा सीता न्यौपाने र बुटवलमा
गोमा आचार्यले उपमेयरको उम्मेदवार दिएका थिए ।
अन्य दलले पाँच नम्बर प्रदेशका ४ वटा उपनगरपालिकामा तालमेल गरेपनि एमालेले भने कुनै पार्टीसँग तालमेल गरिएको देखिदैन् ।
शीर्ष तहमा चुनावी तालमेल गरेपनि तल्लो तहका कार्यकर्ता र मतदाताबीच खासै तालमेल भएको देखिँदैन् । यसले गर्दा तालमेल नफाप्ने संकेत पनि चुनावी परिणाम थुप्रै उदाहरण छन् ।
पाँच नम्बर प्रदेशको प्रमुख शहरका रुपमा लिइएको बुटवल उपनगरपालिका कांग्रेस, माओवादी केन्द्रबीच तालमेल गरेपनि चुनावी प्रारम्भिक परिणाम अनुसार एमालेकी उपमेयरकी उम्मेदवार गोमा आचार्यले अग्रता लिएकी छिन् । यसले गर्दा बुटवलमा कांग्रेस र माओवादी केन्द्रको तालमेल नफाप्ने संकेत देखिएको छ ।
गोमा आचार्यले २१७१ मत ल्याउँदा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जगत पोखरेलले भने १११० मत प्राप्त गरेका छन् ।
घोराही उपमहानगरपालिकाको उपमेयरपदमा नेकपा एमालेका तर्फबाट उपमेयरमा उठेकी सीता न्यौपानेले १०१७ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ५४८ प्राप्त गरेकी छिन् । सीता न्यौपाने ४६९ मतले अग्रता लिएकी छिन् ।
तुलसी उपनगरपालिकामा उपमेयरमा एमालेका तर्फबाट माया आचार्यले १०४९ मत प्राप्त गरेर अग्रस्थानमा छिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार देवीका नेपाली घिमिरेले ८३२ मत प्राप्त गरेकी छिन् । एमालेकी माया आचार्य अहिले २१७ मतले अग्रता लिएकी छिन् ।
नेपालगन्ज उपनगरपालिकामा भने कांग्रेसकी उपमेयरकी उम्मेदवार उमा थापाले १२९० मत प्राप्त गरेको अवस्था छ भने उनकी प्रतिस्पर्धी एमालेकी उपमेयरकी उम्मेदवार शान्ता ढकालले ८५८ मत ल्याएकी छिन् । कांग्रेसकी उमा थापाले ४३२ मतले अग्रता लिएकी छिन् ।