
दाङ, १६ असार – दाङको गढवा गाउँपालिकाका तीन वडाका वडाध्यक्ष विजयी भएका छन् । दुई स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
माओवादी केन्द्रका वडाध्यक्ष तुल्सीराम अधिकारी ७४९ मत ल्याएर विजयी भएका हुन् । उनीपछि फोरम वडाध्यक्षले ३४० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा नम्बर ८ मा पनि माओवादी वडाध्यक्ष उम्मेदवार सद्धाम सिद्दिकी विजयी भएका छन् । उक्त वडाको नतिजा हिजो नै सार्वजनिक भएको थियो । वडा नम्बर १ मा भने एमालेले जीत हासिल गरेको छ ।
गाउँपालिकाको प्रमुखमा भने एमालेले अग्रता लिएको छ ।