३० असार २०८३, मंगलबार

बैतडीको दुई स्थानीय तहमा कांग्रेसको जित

कात्तिक २०, २०७४
बैतडीको दुई स्थानीय तहमा कांग्रेसको जित

बैतडी, १७ असार -दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

आज बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा कांग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ विजयी भईन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीले दुई हजार नौ सय ९७ मत ल्याईन् ।

यस्तै सुर्नया गाउँपालिका अध्यक्षमा काँग्रेसका वीरबहादुर विष्ट दुई हजार चार सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले दुई हजार दुई सय ७६ मत ल्याए । उपाध्यक्षमा एमालेकी लीला विष्ट दुई हजार तीन सय चार मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भागीरथी बोहराले दुई हजार एक सय ८७ मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्