२२ असार २०८३, सोमबार

दार्चुलाको दुई स्थानीय तहमा कांग्रेस विजयी, एउटामा माओवादी

कात्तिक २०, २०७४
 दार्चुलाको दुई स्थानीय तहमा कांग्रेस विजयी, एउटामा माओवादी

असार १७ – दार्चुलाका दुई स्थानीय तहमा नेपाली कांग्रस विजयी भएको छ । जिल्लाका शैलेशिखर नगरपालिका र मालिकाअर्जुन गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको हो ।

त्यस्तै, जिल्लाको १ स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

शैलेशिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार अमरसिंह धामीले ३ हजार ८ सय २९ मत ल्याएर विजयी भए । 

यस्तै, मालिकाअर्जुन गाउँपालिकाको प्रमुखमा कांग्रेसका नरेन्द्रसिंह धामी विजयी भएका छन् । उनी ३ हजार ८६ मतसहित विजयी भएका हुन् ।

मार्मा गाउँपालिकामा भने माओवादी केन्द्र विजयी भएको छ । उक्त गाउँपालिकाबाट प्रमुखका उम्मेदवार जमनसिंह धामी २ हजार ३ सय ५४ मत सहित विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्