२२ असार २०८३, सोमबार

घरेलु उद्योग दर्ता

घरेलु उद्योग दर्ता
फाइल तस्वीर

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१  घरेलु उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए।

उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले  नवीकरण  गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा  २३७ उद्योग  नवीकरण गरिएको थियो । 

उद्योग दर्ता गर्दा सरकारी सेवा  तथा सुविधा पाइने भन्दै स्थानीय तहले जानकारी गराएकाले दर्ता गर्ने व्यवसायी बढ्दै गएको उहाँको भनाइ थियो ।

कार्यालय प्रमुख भुषालले भने, “बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा पसल बढिरहेका छन् । दर्ता भएकामध्ये अधिकांश कृषि फार्म,  सिलाइकटाइ, अलैँची, ब्यूटीपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्