काठमाडौं महानगरपालिका-४ धुम्बाराही बासुकी मार्गमा चोरी भएको छ ।
निमेश श्रेष्ठको घरबाट नगद, मोबाइल र सुनको विभिन्न गरगहनासमेत गरी करीब ३ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रवार राति चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।