३१ असार २०८३, बुधबार

अखिल क्रान्तिकारीका सचिव कार्की निलम्बित

अखिल क्रान्तिकारीका सचिव कार्की निलम्बित

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का सचिव सूर्य कार्की निलम्बनमा परेका छन् । संगठनको हितविपरितको गतिविधि गरेको भन्दै उनलाई ३ महिनाको लागि निलम्बन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए ।

‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का केन्द्रीय सचिव सूर्य कार्कीले सङ्गठनको हितविपरीत क्रियाकलाप गरेको हुँदा केन्द्रीय कार्यालयको निर्णयअनुसार निजलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी तीन (३) महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्