२२ असार २०८३, सोमबार
एमसीसीको ज्वरो

एमसीसी संसदमा 'टेबुल' गर्न कानूनमन्त्रीको आग्रह, छलफलको वातावरण नरहेको सभामुखको जवाफ

एमसीसी संसदमा 'टेबुल' गर्न कानूनमन्त्रीको आग्रह, छलफलको वातावरण नरहेको सभामुखको जवाफ

सरकारले एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आइतवार सभामुख सापकोटालाई भेटेर एमसीसीका सम्बन्धमा सदनमा बहस गराउन आग्रह गरेका हुन् ।

जवाफमा सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेकाले संसदमा बहस गर्ने वातावरण नभएको बताएको स्रोतले बतायो ।

'सभामुखले सदनमा छलफलको वातावरण छैन, बरु छलफलको वातावरण बनाउनका लागि दलहरूले थप पहल गरुन् भन्ने जवाफ बडूलाई दिएका छन्,' स्रोतले लोकान्तरसँग भन्यो ।

यता सभामुख सापकोटाको सचिवालयले भने संसद सुचारु गर्ने विषयमा छलफल भएको बताएको छ ।

'संसदलाई सुचारु गर्ने विषयमा सभामुखज्यू र कानूनमन्त्रीबीच छलफल भएको हो, अरू कुरा जानकारी छैन,' सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले लोकान्तरसँग भने ।

एमसीसी सम्झौता संसद् सचिवालयमा दर्ता भएको लामो समय बिते पनि सभामुखले संसदमा टेबुल गरेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्