२९ असार २०८३, सोमबार

नेपाल एयरलाइन्सले किन गर्‍यो लिबियामा चार्टर्ड उडान ?

नेपाल एयरलाइन्सले किन गर्‍यो लिबियामा चार्टर्ड उडान ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । 

शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले  त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । 

निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २:५५ बजे काठमाडौंबाट त्रिपोलीका लागि उडान भरेको हो । 

उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति ११:१५ मा काठमाडौं फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करीब ११ घण्टाको उडान हुनेछ ।

निगमले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रस (यूएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । 

नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्