×

NMB BANK
NIC ASIA

अवरुद्ध सर्वोच्च अदालतलाई निकास दिन प्रधानन्यायाधीशविरुद्ध महाभियोग : कांग्रेस

फागुन १, २०७८

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतलाई निकास दिनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु पर्ने बताएको छ । महाभियोग प्रस्तावलाई टुंगोमा पुर्याएर न्यायालयलाई निकास दिनुपर्ने ठहर गरेको छ ।  

Muktinath Bank

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्याय प्रक्रियामा देखिएको अडचन र अवरोध हट्नु पर्छ भनेर महाभियोग प्रस्ताव दर्ता गरिएको बताए । आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाभियोग प्रक्रियाको बारे जानकारी गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पूर्व कानूनमन्त्री समेत रहेका संचारमन्त्रीले महाअभियोग प्रक्रिया अगाडि बढेको जानकारी गराउनु भयो । संघीय संसदका सांसदले आफ्नो अधिकार प्रस्तुत गरेको कुरा भन्नु भयो’ महतले भने, ‘लामो समयदेखि सर्वोच्च अदालत अवरुद्ध थियो र त्यो अवरुद्ध भएका कारण जनताले न्याय पाउने कुरा अवरुद्ध भएको थियो । बार, न्यायाधीश, प्रधानन्यायाधीश बीचमा छलफल र संवाद गरेर अवरुद्ध प्रक्रियालाई अन्त्य गरी, न्याय सम्पादन संविधान अनुसार अगाडि बढोस् भन्ने चाहना थियो । समझदारी अनुसार अगाडि नबढेको अवस्थामा संघीय संसदका सदस्यहरुले न्याय प्रक्रियामा देखिएको अड्चन र अवरोध हट्नुपर्छ भन्ने मनसायबाट आएको छ ।’


Advertisment
Nabil box
Kumari

महाभियोग प्रस्तावलाई टुंगोमा पुर्याएर न्यायालयलाई निकास दिनुपर्ने ठहर गरेको छ । ‘महाअभियोग प्रस्ताव अगाडि बढाउने अधिकार संसदलाई छ । दलका साथीहरुले त्यो अधिकार प्रयोग गर्नुभएको छ, त्यसको जानकारी पार्टीमा आएको छ’ महतले भने ।

Vianet communication

मन्त्री कार्कीले चोलेन्द्र शमशेर जबराका कारण न्यायालय अनिर्णयको बन्दी बनेकाले गठबन्धनका दलहरुबीच सहमति गरेरै महाअभियोग प्रस्ताव ल्याएको बताएका थिए । कांग्रेस बैठक मंगलवार सम्मको लागि स्थगित भएको छ । बिहीवार र शुक्रवार बसेको बैठकमा स्थानीय तह निर्वाचनको बारेमा समेत कुराकानी भएको थियो । विभिन्न प्रस्ताव पारित गर्दै बैठक मंगलवार सकिने प्रवक्ता महतले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x