२२ असार २०८३, सोमबार

घरायसी विवादमा ७० वर्षीया आमालाई चिर्पटले हानेपछि...

घरायसी विवादमा ७० वर्षीया आमालाई चिर्पटले हानेपछि...
सांकेतिक तस्वीर।

आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

मोरङ उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई आइतवार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा उनले आफ्नै आमालाई चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्