×

NMB BANK
NIC ASIA

सरकार पर्दा पछाडिबाट चुनाव नगर्ने षड्यन्त्रमा लागेको छ : विष्णु पौडेल

फागुन २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार पर्दा पछाडिबाट अझै स्थानीय तहको निर्वाचन रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । 

Muktinath Bank

एमाले र जनताको दबाब थेग्न नसकेर चुनाव घोषणा गरे पनि सत्तारुढ गठबन्धनले चुनाव नचाहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले रुपन्देहीले सोमवार रोहिणी गाउँपालिकाको धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको चुनाव रोक्ने बहाना एमालेले पूरा हुन नदिने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘चौतर्फी दबाबका कारण सत्तारुढ गठबन्धनले चुनाव घोषणा गरे पनि पराजित हुने डरले चुनाव हुन नदिने बहानामा लागेका छन्, त्यसलाई एमालेले सफल हुन दिँदैन ।’ 

Vianet communication
Laxmi Bank

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि वर्तमान सरकार पूर्ण रूपमा असफल भएको उनले दाबी गरे । वर्तमान सरकारले केही पनि गर्न नसक्ने पौडेलको भनाइ थियो ।

पौडेलले रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताए । एमाले प्रवेश गर्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षसहित सबैलाई पौडेलले सही समयमा सही पार्टी रोजेको बताए ।

रुपन्देहीका तराई क्षेत्रका पालिकाको विकासका लागि आफूले विगतदेखि नै योजनाहरू ल्याएको भन्दै नेता पौडेलले आगामी दिनमा अझै व्यापक बनाउने बताए । 

पौडेलले अबको निर्वाचन एमालेले एक्लैले जित्ने बताए । जतिसुकै राजनीतिक दल मिलेर आए पनि एमाले एक्लैले सबैलाई पराजित गर्ने दाबी गरे । 

कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले देशभर एमालेप्रति जनलहर बढ्दै गएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x