३० जेठ २०८३, शनिबार

एमसीसीलाई अन्योलमा राखेर विकासलाई रोक्न खोजियो: कांग्रेस प्रवक्ता

एमसीसीलाई अन्योलमा राखेर विकासलाई रोक्न खोजियो: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताएका छन् । एमसीसीले देशको विकासमा सहयोग पु¥याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई सावित गर्न खोजिएको उनको भनाइ छ ।

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उनले समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ । झुटलाई सत्य बनाउन खोजिन्छ ।” एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजिएको उनले बताए । 

नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताए ।  विवाद गरेर संसद्मा रोकियो भने यो परियोजना असफल हुने भन्दै उनले सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्