३१ असार २०८३, बुधबार

आमाको किरिया गरेका बालिकाको शिक्षाका लागि दुई लाख १२ हजार सहयोग

कात्तिक २०, २०७४
आमाको किरिया गरेका बालिकाको शिक्षाका लागि दुई लाख १२ हजार सहयोग
काठमाडौं, मंसिर २१ — आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि थप दुई लाख १२ हजार सहयोग रकम प्राप्त भएको छ । देश तथा विदेशमा रहेका सहयोगी मार्फत सो रकम प्राप्त भएको हो ।
कुँवरलाई रकम हस्तान्त्रण गर्दै सांसद विष्ट
कुँवरलाई रकम हस्तान्त्रण गर्दै सांसद विष्ट

गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाण्डौमा संकलन गरेको २९ हजार रुपैयाँ ती बालिकालाई सहयोग गरिएको हो ।

संकलित रकम मंगलवार काठमाडौंमा एक समारोहकाबीच गुल्मी क्षेत्र नंबर ३ का सांसद गोकर्ण बिष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे । ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएको सहयोगको संयोजन गरेका पत्रकार मदन खनालले जानकारी दिए ।

कार्यक्रममा सांसद गोकर्ण बिष्टले बालिकालाई पठन पाठनको व्यवस्था मिलाउने घोषणा गरेका छन् ।
३६ वर्षकी दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर तीन गते मृत्यु भएपछि १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेका थिए ।
घर परवारको कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाईएको थियो छ ।

बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन् भने अरु दुई बहिनी पनि साना छन । कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिएका छन् ।

बालिकाका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले उनीहरूको शिक्षामा सघाउन आर्थिक सहयोग संकलनको अभियान चलाएका थिए । कुँवरका अनुसार मंगलबार प्राप्त रकम सहित अहिले सम्म चार लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिए ।

कुँवरले अझै केही सहयोगीहरू सम्पर्कमा रहेकोले सात लाख भन्दा बढी रकम संकलन हुने अपेक्षा आफूहरूले गरेको बताए । कुँवरका अनुसार संकलन भएको रकमलाई एउटा कोष निर्माण गरेर राख्ने तयारी भएको छ । कुँवरका अनुसार देश तथा विदेशमा विभिन्न व्यक्ति तथा संस्था मार्फत सहयोग संकलनको काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्