लमजुङको क्व्होलासोथर गाउँपालिका-३ बगुम बस्ने ३५ वर्षीय कुमबहादुर गुरुङको करेन्ट लागेर सोमवार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बिजुलीको पोलमा अचानक छोएर करेन्ट लाग्दा अशक्त भएका उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।