२१ असार २०८३, आइतबार
संसद् बैठकको अघिल्लो दिन भ्याइनभ्याइ

एमसीसी संसदमा विचाराधीन रहँदा दौडधूप तीव्र, पक्षमा माहोल बनाउन गृहमन्त्रीको सक्रियता

फागुन ११, २०७८
एमसीसी संसदमा विचाराधीन रहँदा दौडधूप तीव्र, पक्षमा माहोल बनाउन गृहमन्त्रीको सक्रियता

अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे छलफल हुने संसद बैठकको अघिल्लो दिन नेताहरूको दौडधूप बढेको छ ।

एमसीसीबारे छलफल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण बिहीवारको बैठकमा एमसीसीमाथि कसरी छलफल हुन्छ भन्ने संशय बाँकी नै छ । 

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए । भेटमा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । 

कांग्रेसको तर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र अर्को नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए । कार्की वर्तमान सरकारका मन्त्री पनि हुन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा संसदबाट एमसीसी अनुमोदन गराउने प्रयासमा छन् ।

त्यसका लागि वातावरण बनाउन उनले कांग्रेसका नेताहरूलाई अन्य राजनीतिक दलका नेताहरूसँग संवाद गर्न खटाएका छन् ।

बुधबार बिहान कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण एमाले अध्यक्ष ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेको थिए ।

ओली र खाणले करीब आधा घण्टा संवाद गरेका ओलीको सचिवालयले बताएको छ । 

पछिल्लो समय एमाले र कांग्रेसका नेताहरूको संवाद बढेको छ । एमाले एमसीसी विवादकै मौकामा वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासमा लागेको छ ।

अहिले सत्ता सञ्चालन गरिरहेको ५ दलीय गठबन्धनकै कारण एमालेले केन्द्रदेखि प्रदेशसम्मको सरकार गुमाउनुपरेको थियो ।

त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधव नेपालको भूमिका महत्त्वपूर्ण थियो । 

लामो रस्साकस्सीबीच संसदमा पुगेको एमसीसीलाई नै प्रयोग गरेर सत्ता गठबन्धनमा भाँजो ल्याउन सकिने बुझाइसहित एमालेले प्रयास गरिरहेको छ ।

अर्कोतर्फ एमाले विपक्षमा उभिएको अवस्थामा संसदबाट एमसीसी अनुमोदन गराउन कठिन हुने भएपछि प्रधानमन्त्रीले पनि एमालेसँग संवाद बढाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीले एमसीसीको विपक्षमा मत जाहेर गर्ने बताएका छन् तर गठबन्धन जोगाउने उपायको रूपमा उनीहरू मध्यमार्गी बाटो खोजिरहेको छन् । 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद बढाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवासँग सशंकित छन् । 

salt training

कमेन्ट गर्नुहोस्