×

NIC ASIA

संसद् बैठकको अघिल्लो दिन भ्याइनभ्याइ

एमसीसी संसदमा विचाराधीन रहँदा दौडधूप तीव्र, पक्षमा माहोल बनाउन गृहमन्त्रीको सक्रियता

फागुन ११, २०७८

Prabhu Bank
NTC
Premier Steels

अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे छलफल हुने संसद बैठकको अघिल्लो दिन नेताहरूको दौडधूप बढेको छ ।

Muktinath Bank

एमसीसीबारे छलफल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण बिहीवारको बैठकमा एमसीसीमाथि कसरी छलफल हुन्छ भन्ने संशय बाँकी नै छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए । भेटमा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । 

Vianet communication

कांग्रेसको तर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र अर्को नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए । कार्की वर्तमान सरकारका मन्त्री पनि हुन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा संसदबाट एमसीसी अनुमोदन गराउने प्रयासमा छन् ।

त्यसका लागि वातावरण बनाउन उनले कांग्रेसका नेताहरूलाई अन्य राजनीतिक दलका नेताहरूसँग संवाद गर्न खटाएका छन् ।

बुधबार बिहान कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण एमाले अध्यक्ष ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेको थिए ।

ओली र खाणले करीब आधा घण्टा संवाद गरेका ओलीको सचिवालयले बताएको छ । 

पछिल्लो समय एमाले र कांग्रेसका नेताहरूको संवाद बढेको छ । एमाले एमसीसी विवादकै मौकामा वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासमा लागेको छ ।

अहिले सत्ता सञ्चालन गरिरहेको ५ दलीय गठबन्धनकै कारण एमालेले केन्द्रदेखि प्रदेशसम्मको सरकार गुमाउनुपरेको थियो ।

त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधव नेपालको भूमिका महत्त्वपूर्ण थियो । 

लामो रस्साकस्सीबीच संसदमा पुगेको एमसीसीलाई नै प्रयोग गरेर सत्ता गठबन्धनमा भाँजो ल्याउन सकिने बुझाइसहित एमालेले प्रयास गरिरहेको छ ।

अर्कोतर्फ एमाले विपक्षमा उभिएको अवस्थामा संसदबाट एमसीसी अनुमोदन गराउन कठिन हुने भएपछि प्रधानमन्त्रीले पनि एमालेसँग संवाद बढाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीले एमसीसीको विपक्षमा मत जाहेर गर्ने बताएका छन् तर गठबन्धन जोगाउने उपायको रूपमा उनीहरू मध्यमार्गी बाटो खोजिरहेको छन् । 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद बढाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवासँग सशंकित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x