२९ असार २०८३, सोमबार

गठबन्धन भत्कियोस् भनेर धुप त हालेका छैनौं, तर मुलुक अनिर्णयको बन्दी भयो– योगेश भट्टराई

फागुन १२, २०७८
गठबन्धन भत्कियोस् भनेर धुप त हालेका छैनौं, तर मुलुक अनिर्णयको बन्दी भयो– योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन नभत्किँदासम्म देशले निकास नपाउने बताएका छन् ।

तर गठबन्धन भत्कियोस् भनेर आफूहरूले गणेशलाई धुप भने नहालेको उनले बताए ।

बिहीवारको प्रतिनिधि सभा बैठक सूचनामार्फत स्थगित भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै भट्टराईले देशको निकासका लागि गठबन्धन भत्किनु अनिवार्य रहेको बताएका हुन् ।

‘गठबन्धन भत्किनु मुलुकको निकासका लागि अनिवार्य छ, गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी बन्ने भयो,’ उनले भने ।

एमसीसीका कारण गठबन्धन संकटमा परेका बेला एमाले गठबन्धन जसरी पनि भत्काउने रणनीति अख्तियार गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्