
सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारमा भेटेर गृहमन्त्री बालकृष्ण खाण संसद् भवन पुगेका छन् ।
संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
सापकोटा र खाणबीच सिंहदरबारमा सभामुखको कार्यकक्षमा भेटवार्ता भएको थियो । भेटमा एमसीसी अघि बढाउने प्रक्रिया र संसद् सुचारू गराउने विषयमा छलफल भएको गृहमन्त्री निकट स्रोतले बताएको छ ।
सभामुखले संसद्मा एमसीसी निर्णयार्थ प्रस्तुत गर्ने बेलामा मतदानको प्रक्रियामा लैजान सक्ने भएपछि एमसीसी अनुमोदनमा कांग्रेसले एमालेको सहयोग खोजिरहेको छ ।
एमालेले भने संसदमा आफूले उठाएको माग पूरा हुनुपर्ने शर्त राखेको छ ।
एमसीसी अनुमोदन र कांग्रेस–एमाले सहकार्यका बारेमा संसद् भवनमा कांग्रेस–एमालेका नेताहरू छलफल गरिरहेका छन् ।