×

NIC ASIA

देउवा र प्रचण्डसँग ओलीको छलफल सकारात्मक भयो : सुवासचन्द्र नेम्वाङ

फागुन १२, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल सकारात्मक भएको बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए । छलफल सकारात्मक भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

छलफललाई अझै निरन्तरता दिइने उनको भनाई छ । उनले भने, ‘अध्यक्ष र हामी नेताज्यूहरू छुट्टाछुट्टै एक्लाएक्लै र हामी सबै बसेर हामी बीचमा छलफल भयो । एमसीसीको बारेमा, राष्ट्रिय सन्दर्भमा, संसदको गतिरोधको सन्दर्भमा व्यापक छलफल हुँदा कमरेड प्रचण्डहरूसँग सकारात्मक रूपमा छलफल भएको छ । त्यसलाई निरन्तर अगाडि बढाउने सल्लाह भएको छ ।’

Vianet communication

उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भए पनि काम चलाउनुपर्ने खुत्रुक्के जस्तो भने नभएको स्पष्ट पारे । उनले भने, ‘अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुक्के होइनौं । खुत्रुक्के माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ । सबै चिज सिद्धियो भने अन्तिममा खुत्रुक्के फुटाएर भए पनि कामचलाउ हुन्छ । हामी त्यस्तो चाहिँ होइनौं । हामी देश र जनताको हितमा काम गर्छाैं, निर्णय गर्छौं ।’

उनले छलफल सकारात्मक रूपमा अगाडि बढेको भए पनि ठोस निष्कर्षमा नपुगिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x