२० असार २०८३, शनिबार
राजनीतिक कोर्श करेक्सनको संकेत

दोस्रो तहका प्रभावशाली नेताहरुसहित बालुवाटारमा देउवा–ओली वार्ता

फागुन १२, २०७८
दोस्रो तहका प्रभावशाली नेताहरुसहित बालुवाटारमा देउवा–ओली वार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीवार दोस्रो चरणको छलफल शुरु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा दिउसो भएको छलफलमा एमालेका माग सम्वोधन गर्न देउवा राजी भएपछि साझ पुनः छलफल भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ताका कांग्रेसको तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागि छन् । 

एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागि छन् । देउवा र ओलीबीच दुईदिन अघि पनि बालुवाटारमा छलफल भएको थियो । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्न लाग्दा कांग्रेस र एमालेबीच गम्भीर छलफल शुरु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्