२४ जेठ २०८३, आइतबार

१ किलो बढी सुनसहित विमानस्थलबाट दुबईबाट आएका नेपाली पक्राउ

फागुन १५, २०७८
१ किलो बढी सुनसहित विमानस्थलबाट दुबईबाट आएका नेपाली पक्राउ

एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन्  । फागुन १३ गते  फ्लाई दुवईको उडानमा  नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट सिक्रि बनाएर ल्याइएको ११६५ ग्राम (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सैतीस रुपैयाँ बराबरको) सुन बरामद भएको हो । 

उनलाई बरामद सुनसहित थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्