२२ असार २०८३, सोमबार

यी हुन् संसारकी सबभन्दा अग्ली महिला, गर्न चाहन्छिन् यस्तो

कात्तिक २०, २०७४
यी हुन् संसारकी सबभन्दा अग्ली महिला, गर्न चाहन्छिन् यस्तो

महिलाहरूको औसत उचाइ पाँचदेखि ६ फीट हुन्छ । यसभन्दा धेरै वा कम उचाइ भएका महिला चाहिँ चर्चाको विषय बन्छन् ।


रुसकी क्याट्रिना लिसिना यस्तै लामा गोडा भएकी महिला हुन् । उनको उचाइ ६ फीट ९ इन्च छ । उनको गोडा नै ५२.४ इन्च छन् र उनी आफ्नोजस्तो लामो गोडा कसैको पनि नभएको दाबी गर्छिन् ।

क्याट्रिना मोडलिङ गर्न चाहन्छिन् । सोह्र वर्षको ृमेरमा आफूसमक्ष दुई विकल्प रहेको महसूस गरेको उनी बताउँछिन् : कि त बास्केटबल खेलाडी हुने कि मोडलिङ गर्ने ।

अहिले उनी बास्केटबल खेल्छिन् तर खेलबाट संन्यास लिएपछि उनी ग्ल्यामरको संसारमा रमाउन चाहन्छिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्