२१ असार २०८३, आइतबार

बुटवल अटोको अध्यक्षमा न्यौपाने

फागुन १७, २०७८
बुटवल अटोको अध्यक्षमा न्यौपाने

बुटवल अटो इन्जिनियरिङ एशोसिएसनको १४ औं अधिवेशनबाट अध्यक्षमा तुलसीराम न्यौपाने विजयी भएका छन् । निर्वाचनमार्फत न्यौपानेको प्यानल नै विजयी बनेको हो । 

चुनावी प्रतिस्पर्धामा तीन प्यानल मैदानमा थिए । अध्यक्षका प्रत्यासी न्यौपानेले २१२ मत पाए  भने उनका निकटतम प्रतिस्पर्धी चन्द्रमणि भण्डारीले १२२ र प्रेम गौचनले १२० मत प्राप्त गरे । 

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन । महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएका छन्  ।

त्यसैगरी सदस्यहरूमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएको  निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए । निर्वाचनपछि न्यौपानेले आगामी दिनमा सबै व्यवसायीलाई समेटेर लैजाने बताए । 

salt training

कमेन्ट गर्नुहोस्