३० असार २०८३, मंगलबार

माधव नेपालको टिप्पणी : व्याख्यात्मक घोषणा अर्थहीन भन्नेहरू कानून नबुझेका अज्ञानी

फागुन १७, २०७८
माधव नेपालको टिप्पणी : व्याख्यात्मक घोषणा अर्थहीन भन्नेहरू कानून नबुझेका अज्ञानी

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सम्बन्धमा संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नेहरू अन्तर्राष्ट्रिय कानून नबुझेका अज्ञानी भएको टिप्पणी गरेका छन् । 

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘कसैकसैले भनेजस्तो केही पनि होइन यो भनेजसरी प्रचार गर्न खोजिएको छ, यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर घोषणा गर्न खोजिएको छ, त्यसलाई अन्तर्राष्ट्रिय ट्रिटी सम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्रै हो ।’

संसदबाट करीब दुईतिहाइ नजिकको मतले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन भएको र छिमेकीले पनि त्यसमा सकारात्मक रेस्पोन्स गरेको नेपालले बताए । 

‘दुईतिहाइबाट संसदले अनुमोदन गरिसकेपछि र त्यसको बारेमा अमेरिका र छिमेकी देश चीनले पनि सकारात्मक रेस्पोन्स गरिसकेपछि यसको केही पनि अर्थ छैन भन्ने ? यत्रो जनताको बीचमा भ्रम फैलिरहेको छ भने त्यसलाई चिर्नुपर्ने आवश्यकता पर्दैन ?’ नेपालले भने, ‘त्यसैले १२ वटा विषयमा ती जम्मै भ्रमहरू चिर्ने कोसिस भएको छ । व्याख्याबाट प्रस्ट पार्न खोजिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्