३० असार २०८३, मंगलबार

रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई युक्रेनको आग्रह

फागुन १८, २०७८
रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई युक्रेनको आग्रह

युक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति जो बाइडनलाई टेलिफोन गरेर रुसमाथि कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

रुसले युक्रेनमाथि सैन्य कारवाही गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले सहयोगको आग्रह गरेका छन् ।

रुसमाथि अमेरिकाले प्रतिबन्ध लगाएको भए पनि त्यो पर्याप्त नभएकाले कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीले बाइडनसँग आग्रह गरेका छन् । दुवै राष्ट्रपतिबीच आधा घण्टासम्म टेलिफोन कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, रुसले युक्रेनको टेलिभिजन टावरमा हमला गर्दा ५ जनाको मृत्यु भएको छ भने टेलिभिजन प्रसारण बन्द भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्