
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको ११औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सहसचिवमा प्रदीप गिरी, कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् ।
समितिको सदस्यहरूमा माधवप्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, राजकुमार मिश्र, गुणाखर पाण्डे, बुद्धिराम पराजुली, पार्वती पोखरेल, एलिना केसी, मालतीदेवी पौडेल, हर्कबहादुर बिक, राजेश यादव, कमल पन्थी छन् ।
२ जना महिला सदस्य पछि थप गरिने आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्तले जानकारी दिए । अधिवेशनले १८ प्रदेश प्रतिनिधि तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १ हजार ३०० बढी कर्मचारी आवद्ध रहेका छन् ।
आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक मेघदेव पन्तले सरकार परिवर्तनसँगै कर्मचारीलाई गरिएको अनावश्यक सरुवाले सरकारका काम प्रभावकारी बन्न नसकेको बताए ।