२८ जेठ २०८३, बिहीबार

कांग्रेस बाँकेको सभापतिमा संस्थापनइतरका गौडेल विजयी

फागुन २०, २०७८
कांग्रेस बाँकेको सभापतिमा संस्थापनइतरका गौडेल विजयी

नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल विजयी भएका छन् । प्रतिस्पर्धी बादशाह कुर्मीलाई ९७ मतले पछि पार्दै गौडेल सभापतिमा निर्वाचित भएका हुन् । 

संस्थापनइतरका उम्मेदवार गौडेलले ७६० मत पाएका थिए भने संस्थापन समूहका कुर्मीले ६६३ मत पाए । 

कुल १४९३ मतदातामध्ये १४३९ जनाले मतदान गरेका थिए । १६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

यसअघि बिहीवार भएको पहिलो चरणको मतदानमा सुरेन्द्र हमाल बाहिरिएपछि गौडेल र कुर्मीबीच आज दोस्रो चरणको निर्वाचन मतदान भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्