०८ असार २०८३, सोमबार

बढ्यो हवाइ भाडा, सबैभन्दा बढी कहाँ ?

फागुन २२, २०७८
बढ्यो हवाइ भाडा, सबैभन्दा बढी कहाँ ?

नेपाल  वायुसेवा सञ्चालक   सङ्घले   हवाई   भाडादर   वृद्धि  गरेको छ ।

आइतबारदेखि  लागू  हुने  नयाँ  भाडादरमा काठमाडौँबाट पर्वतीय उडानमा ३४० रुपैयाँसम्म वृद्धि  भएको  छ ।

 सबभन्दा  बढी  काठमाडौँबाट धनगढी   ४४५   रुपैयाँ र   सबभन्दा   कम काठमाडौँबाट भरतपुर १०५ रुपियाँ बढेको छ ।

नेपाल  आयल  निगमले  बिहीबार  राति  १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

निगमले  हवाई  इन्धनमा  अन्तर्राष्ट्रियतर्फ १०० अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर एक हजार २९५ डलर र आन्तरिकतर्फ प्रतिलिटर १०  रुपैयाँले  वृद्धि  गरी  १३६  रुपियाँ  निर्धारण गरेको  थियो ।

 मूल्य  समायोजनसँगै  सङ्घले शनिबार   आन्तरिक   उडानमा   नयाँ   भाडादर सार्वजनिक गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्