
आइतवार बस्न लागेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको स्थान र समय ३ घन्टा पर धकेलिएको छ ।
बैठक दिउँसो २ बजे अनुपम पार्टी प्यालेस बत्तीसपुतलीमा हुने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यसअघि बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको थियो ।
पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।
आइतबारको बैठकमा संगठनात्मक विषयमाथि छलफल हुनेछ । जसअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र पदाधिकारी चयनबारे छलफल हुनेछ ।
यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषयमाथि पनि छलफल हुनेछ ।