२४ असार २०८३, बुधबार

पोल सार्ने नाममा घुस लिएको भन्दै सुपरभाइजरविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन २३, २०७८
पोल सार्ने नाममा घुस लिएको भन्दै सुपरभाइजरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा, पाटन ललितपुर सब-स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक लाख ४० हजार रूपैयाँ घुस लिएको आरोप लगाउँदै आरोप पत्र दर्ता गरेको हो । 

काठको पोल बदल्न लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको भए पनि पहाडीले बिजुलीको पोल सार्ने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार सेवाग्राहीसँग घुस लिएको अवस्थामा पहाडीलाई २०७८ पुस २९ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्